Logo

नेपालको ग्राण्ड रियालिटी शो ‘भ्वाइस सिजन २’ को तेस्रो प्रोमो सार्वजनिक, साउन ३१ देखि प्रसारण



Spread the love

गायन प्रतिभाहरुको खोजी गर्ने हेतुका साथ शुरु भएको फ्रेन्चाइज रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण यही साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ ।

टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण हुने यो पहिलो रियालिटी सो हुने छ ।

हिजो राति मात्रै ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को तेस्रो प्रोमो सार्वजनिक भएको छ ।

हेर्नुहोस् भ्वाइसको तेस्रो प्रोमोः

https://www.youtube.com/watch?v=K_RXM8yHWWc&fbclid=IwAR0FNWnCtwmzueuoGPFIIuJGJhXwgM3DBBMDzA7MSll9A7kRze2Jao2GYNk

त्यसैगरी यसअघि पनि सिजन दुईका दुईवटा प्रोमोहरू सार्वजनिक भइसकेका छन् । प्रोमो हेर्दा भ्वाइसको शो यसपालि झनै ग्राण्ड हुने अनुमान लाउन सकिन्छ ।

हेर्नुहोस् ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को पहिलो प्रोमोः

https://www.youtube.com/watch?v=bk02Cfc5WWs

हेर्नुहोस् दोस्रो प्रोमोः

https://www.youtube.com/watch?v=P83Pu8V6HSc

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।
कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्