Logo

पत्रकार पुडासैनीको चितवनमा मृत अवस्थामा फेला



Spread the love

चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटेलमा माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका छन्

चितवन प्रहरीका अनुसार, उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटेलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका हुन ।

भर्खरै मात्र पुडासैनी माउण्टेन टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यस अघि उन्ले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।

पुडासैनी नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ कुमरी वासी हुन ।

उनका आफन्त आएपछि मात्र घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्