Logo

पहिरो आउँदा राजमार्ग अवरुद्ध



Spread the love

२१ साउन, डोटी। गए रातिदेखि परेको लगातारको वर्षका कारण स्याले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भए पनि अहिले सो ठाउँमा तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै गरेका दजर्नौँ सवारी साधन तथा यात्रु अलपत्र परेका छन् । अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय कुल्पाते दिपायलबाट डोजर पठाइएको बताइएको छ ।

डोटीसहित सुदूरपश्चिम भरीमा गए रातिदेखि ठूलो वर्षा भइरहेको छ । अवरुद्ध भएको राजमार्ग खुलाउन प्रहरी, स्थानीयवासी, यात्रु तथा सडकमा खटिएका कर्मचारी बिहानदेखि लागि परेपनि पहिरो ठूलो भएकाले खुलाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्