Logo

यदि तपाईको बेलुका ढिला खाना खाने बानी छ भने आजैबाट त्याग्नुहोस्, जसका कारण निम्तिन सक्छ यी रोगहरु



Spread the love

एउटा भनाई छ नि , ‘बिहानको खाना राजा समान, दिउँसोको रोगी र रातीको जोगी समान’ । यसको मतलब हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ राजाको जस्तै । हाम्रो शरीर उर्जाको आवश्यकता पार्ने हुनाले दिनभरीलाई उर्जा दिन्छ । बिहानदेखी हामीले खानाको मात्रालाई क्रमशः घटाउदै लैजानुपर्छ ।

साँझ ७ बजे पछिको खानाले हाम्रो शरीरमा फाइदा गर्नुको सट्टा हानि पुर्‍याउँछ । बेलुकाको खाना विष सरह हुन्छ । स्वस्थ जीवनशैली अर्थात स्वस्थ आहार, स्वस्थ विहार र स्वस्थ विचार ।

व्यस्तताको कारण हाम्रो जीवनशैली एकदमै अस्तव्यस्त बनिरहेको छ । स्वस्थ रहन स्वस्थ खानपानमात्र भएर पनि हुँदैन त्यस खानालाई खाने सहि समय पनि हुन आवश्यक हुन्छ । बेलुका ७ बजेपछि खाना स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

-मोटोपनको शिकारः
हामी जब राती ढिला खाना खान्छौं । तब हाम्रो खाना राम्रोसँग पच्न पाउँदैन् । राती शारीरिक काम पनि नहुने भएकोले हामीले खाएको खाना बोसोमा परिणत हुन्छ र मोटोपनको शिकार हुने खतरा बढ्छ । त्यसैले यस्तो समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिर्वतन गर्नुपर्छ । बेलुका खाना नखाने । खाना खाने बित्तिकै नसुत्ने । खाना खाएपछि केही समय हिडँडुल गर्ने ।

-छाती पोल्नेः
धेरैजसोको बानी हुन्छ खाना खाने बित्तिकै सुत्ने । बेलुका ढिलो खाना खाँदा पाचन प्रणालीले पचाउन गाह्रो हुन्छ । त्यसैले गर्दा छाती पोल्छ पछि गएर ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ। बेलुका एकदमै थोरै खाना खाने । खाना खाएपछि कम्तिमा २ घण्टापछि मात्रै सुत्ने गर्नुपर्छ ।

-उच्च रक्तचापको जोखिम :
बेलुका खाना ढिलो खाँदा उच्च रक्तचाप हुने सम्भावना बढि हुन्छ । बेलुकाको खाना खाएपछि हाम्रो काम हुँदैन् र खाना पच्दैन् ।

-अपचः
अपच हुने समस्या भएकोले ढिलो खाना खान हुँदैन् । पाचनको लागि बढि समय लाग्छ । हामीले जति खान्छौ, उति नै पच्नुपर्छ ।

-मधुमेहः
बेलुका ढिलो खाना खाँदा खानाबाट प्राप्त हुने सबै शक्ति खर्च हुँदैन् । यस्तोमा शरीरमा भण्डार भएर बस्छ र रगतका चिनीको मात्रा बढि भएर मधुमेह हुने खतरा बढ्छ ।

– अनिद्राको समस्याः
बेलुका ढिलो खाना खाँदा खाना राम्रोसँग पचिसकेको हुँदैन् । जसले गर्दा बेचैन र छटपटी हुन्छ । र निद्रा पर्न गाह्रो हुन्छ ।

– तनाव हुनेः
अनिद्राको समस्याले गर्दा तनाव बढ्छ । राम्रोसँग निद्रा नलागेपछि शरिर भारी हुने, फ्रेस अनुभव नहुने भएकोले तनाव बढ्छ । दैनिकीमा नै असर पर्छ । त्यसकारण बेलुका ढिलो खाना खानु राम्रो होइन ।

-काम गर्न शक्ति मिल्दैनः
बेलुका ढिलो खाना खाँदा बिहानको नास्ता गर्न मन लाग्दैन । जसकारण दिनभर काम गर्न उर्जाको कमि हुन्छ । चाँडो थकाइ लाग्ने काम गर्न मन नलाग्ने हुन्छ ।

– चिडचिडाहटः
यदि बेलुका ढिलो खाना खाएमा भोली पनि त्यही समयमा भोक लाग्छ । एकै समयमा खाना नखाँदा ढिलो खाना खाने बानी बस्छ । जसले गर्दा खाना अपच हुने, ग्याँस जम्ने, निद्रा नलाग्ने हुन्छ र चिडचिडाहाट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्