Logo

मुगुका अग्निपीडितको उद्धार



Spread the love

२२ साउन, मुगु – कर्णाली प्रदेश सरकारले मुगुका अग्निपीडितको मंगलबार उद्धार गरेर सुर्खेत ल्याएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वमा गएको टोलीले मुगुको खत्याड गाउँपालिका–२ सेरी जामगाउँका अग्निपीडितको उद्धार गरेको हो ।

तीन दिनअघि अज्ञात समूहले खत्याड गाउँपालिका–२ वडा कार्यालयमा आगजनी गरेका थिए । उक्त आगो अन्य घरमा समेत फैलिएपछि चार परिवार घरबारबिहीन भएका थिए । चार परिवारका १० जनालाई हेलिकोप्टरमा उद्धार गरी सुर्खेत ल्याइएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।

अज्ञात समूहले वडा कार्यालयमा गरेको आगजनीबाट वडाध्यक्ष लालबहादुर मल्ल, टक्कबहादुर मल्ल, पद्म बुढा र हरिकृष्ण दाहालको घर पूर्णरुपले जलेर नष्ट भएको छ । आगोले जलेर घाइते भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । आगजनीबाट नगदसहित रु पाँच करोडको क्षति भएको छ । मन्त्री भण्डारीले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्