Logo

पहिरोका कारण लघु जलविधुत आयोजना ठप्प



Spread the love

२२ साउन, काठमाडौँ । अविरल वर्षाका कारण सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति ठप्प भएको छ ।

केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा नपुगेपनि, विक्रम संवत् २०६४ साल देखी सञ्चालनमा आएको सुतीखोला लघु जलविद्युत आयोजनाबाट स्थानीयलाई विद्युत् आपूर्तिमा ठुलो सहयोग मिल्दै आएको छ ।

कुलोमाथिमा पहिरो खसेका कारण र पहिरोले गर्दा विभिन्न ठाउँमा कुलो भत्किएको हुनाले स्थानीय वासी गत १ महिना देखी अँध्यारोमा बस्न बाध्य भएकै छन् ।

सुतीखोला लघु जलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि, जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय वासिन्दा समस्यामा परेका छन् ।

अबको १ हप्तामा कुलो मर्मत कार्य सम्पन्न गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने योजना भएतापनी ‘३०० स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गर्दा पनि आयोजना सञ्चालन गर्न सकिएको छैन, कुलोमा पर्खाल लगाउन र सफा गर्न समस्या भइरहेको रासकोटिले जनाए ।

प्रतिक्रिया दिनुहोस्