Logo

सरोज र आश्मा अभिनित ‘मायालु तिमी कता छौ’ बोलको रोमान्टिक गीत सार्वजनिक (भिडियो)



Spread the love

सरोज अधिकारी र आश्मा विश्वकर्मा अभिनित गीतको भिडियो ‘मायालु तिमी कता छौ’ युट्युबमार्फत मंगलबार सार्वजनिक भएको छ ।

‘मायालु तिमी कता छौ’ बोलको गीतमा सरोज र आश्मा निकै नै रोमान्टिक तथा पृथक सैलीमा प्रस्तुत भएका छन्।यस गीतमा गायक राजन राज सिवाकोटी र गायिका स्मिता दाहालको स्वर रहेको छ ।

यस गीतमा कन्सेप्ट / कोरियोग्राफी विक्रम स्वरको रहेको छ भने भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।

सरोज ओलिको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको धमाकेदार डान्स रहेको छ।

उदय राज पौडेलको यरेन्ज रहेको यस गीतमा दिनेश थपलियाको शब्द रहेको छ । ‘मायालु तिमी कता छौ’ बोलको गीतलाई गज्जब टि.भि. युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/2lNT6AcKYl8

 

प्रतिक्रिया दिनुहोस्