Logo

कसरी बिर्सिने आफ्नो पूर्व प्रेमलाई ? अपनाउनुहोस् यी टिप्स



Spread the love

के तपाईँ आफ्नो पूर्व प्रेमलाई भुलेर जीवनमा अगाडी बढ्न चाहनु हुन्छ ? यदि चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसले तपाइको पूर्व प्रेमको यादलाई बिर्सी जीवनमा अगाडी बढ्न सिकाउँदछ l

सकारात्मक सोच्ने गर्नुहोस् :
यदि तपाईँ आफ्नो पूर्व प्रेमलाई भुल्न चाहनुहुन्छ भने सकारात्मक सोच्ने गर्नुहोस् l जसले गर्दा तपाइको ध्यान मात्र राम्रा कुरामा हुने गर्छ l न कि पूर्व प्रेममा l

नयाँ साथी बनाउनुहोस् :
नयाँ साथीहरू बनाउने बानी बसाल्नुहोस् l जसकारण तपाईँलाई तपाइको पूर्व प्रेम भुलाउन सहयोग गर्नका साथ साथै जीवनमा पनि अगाडी बढ्न सिकाउँदछ l

नयाँ कामको सुरुवात गर्नुहोस् :
तपाईँ आफ्नो पूर्व प्रेमलाई भुलाउन चाहनुहुन्छ भने नयाँ कार्यको सुरुवात गर्नुहोस् l जसलाई गर्दा तपाइको फोकस मात्र नयाँ काममा हुने गर्दछ l

पूर्व प्रेमका विशेष दिनहरूमा छुट्टै योजना बनाउनुहोस् :
यदि तपाईँलाई पूर्व प्रेमका विशेष दिनहरू याद छ भने उक्त दिनमा छुटै योजना बनाउनुहोस् l यसो गर्नाले तपाइको ध्यान पूर्व प्रेमका विशेष दिनमा जादैंन l

सम्पर्कमा नरहनुहोस् :
झुक्किएर पनि आफ्नो पूर्व प्रेमसँग सम्पर्कमा नरहनुहोस् l यदि तपाईँ आफ्नो पूर्व प्रेमको सम्पर्क हुनु हुन्छ भने तपाईँले बिर्सिनु सक्नु हुन्न र फेरी पनि तपाईँको सम्बन्ध गाँसिने सम्भावना उच्च रहन्छ l

भौतिक चिनोहरू पनि फालिदिनुहोस् :
तपाइको पूर्व प्रेमी वा प्रेमिकाले दिएको चिनो वा गिफ्टहरूलाई आफूले कहिले नदेख्ने गरी फालिदिनुहोस् l जसले गर्दा तपाइको मनको यादहरू मेटेर जानेछ l

प्रतिक्रिया दिनुहोस्