Logo

आजका युट्युब ट्रेन्डिङ, साउथ फिल्म पनि पर्यो (भिडियो सहित)



Spread the love

२२ साउन, काठमाडौँ – युट्युब अहिले सबैको मनोरञ्जनको साथि भएको छ । पहिले काम भए काममा व्यस्त हुने तर काम नभए कतै घुम्न जाने मानिसको बाक्लो संख्या थियो । अहिले घुम्न जाने कम तर घरमा समय बिताउने मानिसको संख्या बढ्दो छ । सबै काम सकिएपछि युट्युबमा समय बिताउने जमात पनि बाक्लै छ ।

युट्युबमा हरेक सेकेन्ड नयाँ विषयवस्तु आइरहेका हुन्छन् । ति सबै विषयवस्त मानिसले मन पराउँदैनन् । तर कुनै विषयवस्तुले एकै छिनमा बाक्लो लोकप्रियता बटुल्छन् । हामीले आज युट्युबमा लोकप्रिय ३ विषयवस्तुलाई यहाँ उतारेका छौँ ।

१. थोली प्रेमा

आज युट्युबको पहिलो नम्बरमा साउथ इण्डियन फिल्म “थोली प्रेमा”ले कब्जा जमायो । २ दिन अघिमात्र युट्युबमा अपलोड भएको यो फिल्मले १ करोड ५० लाख दर्शक बटुल्दै पहिलो स्थानमा कब्जा जमाएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

२. कसरी कसरी २

टंक बुढाथोकिका छोरा एआर बुढाथोकिले मेलिना राईसँग गाएको “कसरी कसरी“ गीतको दोश्रो गित आज युट्युब ट्रेन्डिङको दोश्रो नम्बरमा छ । युट्युबमा अपलोड भएको पाँचाैँ दिनमा यो गितले लगभग १७ लाख दर्शकको ध्यान तान्दै दोश्रो नम्बरमा स्थान पाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

३. यारी हे

आजको युट्युबको तेश्रो ट्रेन्डिङमा पनि भारतीय विषयवस्तुले नै रह्यो । भारतमा मित्रता दिवसको उपलक्षयमा बनाइएको यो गीतले ४ दिनमा नै २ करोड दर्शक बटुल्यो । २ दिनमा कमाएको यो दर्शक भीडले गीतलाई युट्युबमा तेश्रो स्थान दियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्