Logo

चन्दका कार्यकर्ताद्वारा राजीनामा



२२ साउन, काठमाडाैँ – नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ताले आज प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिकाका दुई कार्यकर्ताले नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा समूहका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ जिल्ला संयोजक नगरपालिका–७ का शेरबहादुर राना र १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

आफू क्रियाशील रहेको समूहले हिंसात्मक गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशा नछाडेकाले सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजको मितिबाट कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्