Logo

चेम्बर अफ कमर्सले गर्यो सत्यवती पहिरो पीडितलाई राहत सहयोग (फोटो सहित )



Spread the love

२२ साउन, गुल्मी – नेपाल चेम्बर अफ कमर्स काठमाडौं र चेम्बर अफ कमर्स गुल्मीले सत्यवती गाउँपालिकाको वडा नम्बर ३ ठुलो लुम्पेक र वडा नम्बर ४ लिम्घाका पहिरो पीडितलाई नगद तथा राहत सामग्री सहयोग गरेको छ ।

गुल्मी चेम्बर अफ कमर्स गुल्मीका अध्यक्ष युवराज न्यौपानेको नेतृत्वमा ठुलो लुम्पेक र लिम्घामा पुगेको उक्त टोलीले लत्ताकपडा र नगद राहत कोष संकलन समितिलाई हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष न्यौपानेले पीडितको चर्केको घाउमा मल्हम लगाउन सहयोग लिएर आएको र आँफु पनि सत्यवती गाउँपालिकाबासी भएकोले पीडितहरुको घाउले आँफुलाई समेत पोलेको हुनाले विभिन्न संघसंस्थाहरु मार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको जानकारी दिए ।

पहिरो पीडितलाई झण्डै ७ लाख बराबरको राहत सहयोग गरेको क्लबका महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्