Logo

नेयमारको दाैडमा रियलको इन्ट्री, ठूलो रकम सहित खेलाडीको प्रस्ताव



Spread the love

२३ साउन, काठमाडाैँ – स्पेनिस जायन्ट क्लब रियल मड्रिड पनि नेयमार भित्र्याउने दौडमा लागेको छ । स्काई स्पोर्टस्ले बताए अनुसार नेयमार फर्काउन प्रयासरत बार्सिलोनासँग टक्कर गर्दै रियल पनि यो दौडमा आएको हो ।

ब्राजिलियन फरवार्ड नेयमारले यहि समरमा आँफु क्लब छाड्ने बताएका छन्  । तर, पीएसजिले भने अहिलेसम्म कुनै आधिकारिक प्रस्ताव नआएको बताएको छ ।

 अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूमा जनाए अनुसार रियलले नेयमारका लागि १ सय २० मिलियन सहित मिडफिल्डर लुका मोड्रिचको प्रस्ताव गरेको छ । तर, उता पीएसजिले भने नेयमारका लागि १ सय ८० मिलियन क्यास नै हुनुपर्ने बताएको छ ।

नेयमार सन् २०१७ मा विश्वकिर्तीमानि मुल्य २ सय २२ मिलियनमा बार्सिलोना छोड्दै पीएसजि पुगेका थिए । नेयमारले त्यहाँ सोचे अनुसारको वातावरण बिताउन नपाएका कारण उनि बाहिरिन चाहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्