Logo

नापोलीविरूद्ध बार्सिलोना विजयी



Spread the love

२३ साउन, काठमाडाैँ – अन्तर्राष्ट्रिय मैत्रिपूर्ण  क्लब फुटबलमा स्पेनिस बार्सिलोना विजयी भएको छ । अमेरीकाको हार्ड रक स्टेडियममा भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीविरूद्ध २(१ को जित निकालेको हो ।

बार्सिलोनाको जितमा खेलका कप्तान सर्जियो बुस्केट र इभान राकिटिचले १-१ गोल गरे । उता नापोलीका लागि भने बार्सिलोनाका फ्रेन्च डिफेन्डर स्यामुएल उम्टिटिले १ गोल उपहार दिए ।

नापोलीका खेलाडीको क्रस क्लियर गर्ने क्रममा उम्टिटिलाई लाग्दै बल बार्सिलोनाकै पोस्टमा गएको थियो ।

७९ औँ मिनेटसम्म बराबरी रहेको खेलमा राकिटिचले आकर्षक गोल गर्दै बार्सिलोनाका लागि जित दिलाए । अब बार्सिलोना र नापोलीको दोश्रो लेगको खेल ११ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्