Logo

मुलुकी देवानी ऐनसंहिता लागु भएसँगै पुरुषलाई राहतः बढे सम्बन्ध बिच्छेदका मुद्दा



Spread the love

२३ साउन, गुल्मी – प्रदेश नम्बर पाँचको पहाडी जिल्ला गुल्मीमा प्रति महिना २१ वटा भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा गुल्मी अदालत तम्घासमा सम्बन्ध बिच्छेदका २ सय ५४ वटा मुद्दा दर्ता भएका छन् । जस मध्ये १ सय ८३ वटा मुद्दा फर्छ्याैट भएको र ७१ वटा मुद्दा बाँकी रहको गुल्मी अदालतका श्रेस्तेदार कृष्ण शरण लामिछाने बताएका छन् ।

मुलुकी देवानी ऐन संहिता लागु भएसँगै पुरुषलाई राहत मिलेको तथ्याङ्कले देखाएको छ । साउनमा कुनै पुरुषवादी मुद्दा दर्ता नभएता पनि भदौमा २१ , असोजमा ७, कात्तिकमा ८, मङ्सीरमा ९, पुसमा ८, माघमा ४, फागुनमा ५, चैतमा ९ , बैशाखमा ७ , जेठमा ३ र असारमा ४ जना गरी ९२ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएका छन् ।

त्यस्तै, महिला तर्फ साउन महिनामा १४, भदौमा २७, असोजमा १५, कात्तिकमा २५,  मङ्सिरमा १४, पुसमा १८, माघमा १३, फागुनमा १५, चैतमा ९, बैशाखमा २०, जेठमा ११ र असारमा ११ जना गरी कुल १ सय ६२ जना महिलाले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

सामान्य घरायसी विवाद, विदेशबाट श्रीमानले पैसा नपठाएको , परिवारको पालन पोषण नगरेको जस्ता कुरालाई लिएर सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएको श्रेस्तेदार लामिछानेले उल्लेख गरे । मुलुकी देवानी ऐन संहिता लागु भएसँगै पुरुषलाई पनि सम्बन्ध बिच्छेद गराउनका लागि सहज भएको गुल्मी अदालतको भनाई रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्