Logo

‘रुद्रप्रिया’को अडियो गीत सार्वजनिक



Spread the love

लक्ष्मीपुजा अर्थात कात्तिक २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म रुद्रप्रियाको अडियो गीत रिलिज भएको छ। रुमाल चिनो देउ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ। गीतमा राजनराज र मेलिना राईले स्वर दिएका छन्।

झण्डै आठ वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म रुद्रप्रिया लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ।। गीतको भिडियो यही साउन १८ गते रिलिज हुँदैछ ।

अडियो सुन्नुहोस:

https://youtu.be/U8X2bEQUHKA

प्रतिक्रिया दिनुहोस्