Logo

एकै खेलमा बायर्नको २३ गोल, ५ खेलाडीको नाममा ह्याट्रिक



Spread the love

२४ साउन, काठमाडाैँ – जर्मन क्लब बायर्न म्युनिखले लगभग २ दर्जन गोलको फराकिलो जित निकालेको छ । बायर्नले जर्म्निकै अर्को क्लब एफसी रोटाच एगर्न विरूद्धको मैत्रीपूर्ण खेलमा २३–० गोलअन्तरको फराकिलो जित निकालेको हो ।

बायर्नको यो ऐतिहासिका जितमा ५ खेलाडीले ह्याट्रिक गर्न सफल भए । बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ४, थोमस मुलरे ३, गोरेट्ज्काले ३, वेयर्डिटले ३ तथा टोलिसोले ४ गोल आफ्नो नाममा लेखाए ।

 खेलको सुरूवातबाट नै निकै हावी देखिएको वायर्नले सुरूवाति ६ मिनेटबाट नै खेलमा अग्रता लिएको थियो । त्यस पछिका लगभग मिनेटका अन्तरमा नै गोलहरू भए ।

२२ गोल आँफै  गरेको बायर्नका लागि एफसी रोटाच एगर्नका डिटरिचले १ गोल उपहार दिँदा बायर्न २३–० गोलले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्