Logo

एभर्टनमा जोडिए आर्सनलका इओवी



Spread the love

२४ साउन, काठमाडाैँ – नाइजेरियाका स्टार एलेक्स इओवी एभर्टनमा अनुबन्धित भएका छन् । समर ट्रान्सफर विन्डोको दिन उनि आर्सनल छोड्दै एभर्टनसँग जोडिएका हुन् ।

एलेक्सले एभर्टनसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनि २०२४ सम्म एभर्टनमै रहनेछन् । तर, एलेक्सको ट्रान्सफर फी कति भन्ने बारे खुलाइएको छैन ।

आर्सनलबाट १ सय ४९ खेल खेलेका इओविले १९ गोल गर्दा ४९ गोलका लागि सहयोग गरेका छन् । उनकै प्रेरणादायी प्रदर्शनमा नाइजेरीया भर्खरै सम्पन्न अफ्रिका कप अफ नेसन्सको सेमीफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्