Logo

प्रिमियर लिग इज ब्याक



Spread the love

२४ साउन, काठमाडाैँ – विश्वकै प्रतिष्ठित फुटबल लिग आजबाट सुरू हुँदैछ । नयाँ सिजन २०१९/२० को प्रिमियर लिग आजबाट सुरू हुन लागेको हो ।

प्रिमियर लिगको सुरूवाति खेलमा आज लिभरपुल र नर्विच सिटी भिड्दै छन् । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

गत वर्ष प्रिमियर लिगको उपाधिमा १ अंकले पछि परेको लिभरपुल यस सिजन उपाधि जित्ने हौसलाका साथ मैदानमा उत्रनेछ । त्यसै गरी लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पनि नयाँ सिजनसँगै थपिएका चुनौतिको सामना गर्न आँफु तयार रहेको बताएका छन् ।

लिभरपुल र नर्विच सिटीको खेल नेपाली समय अनुसार आज राति १२ः ४५ मा सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्