Logo

पोर्चुगलमा बिरामीको विचल्ली



Spread the love

२४ साउन, काठमाडाैँ – वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका हुन् ।

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आएका छन् । उनि उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन् । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका गुरुङले मिर्गौला पीडित भएको थाहा पाएका हुन् । रु ११ लाख खर्च गरी उनि पोल्याण्ड आएका थिए ।

आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ । चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्