Logo

जान्नुहोस् ‘प्रेमगीत २’ को दुईदिने कलेक्सन



Spread the love

प्रेम गीत -२’ ले निकै आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख बढी रुपैयाँ कारोबार गरेको फिल्मले दोश्रो दिन १ करोड ४० लाख बढी रुपैयाँ कलेक्सन गर्दै कूल २ करोड ५३ लाख रुपैयाँ ग्रस कारोबार गरेको छ ।

              शनिबार सिंगल स्कृन तथा मल्टिप्लेक्स धेरै हलमा फिल्मले हाउसफुल विजनेस गर्यो । हलमा पुगेका अभिनेता प्रदिप खड्का र डेब्यू अभिनेत्री अश्लेशा शाही दर्शकले घेरिएका थिए । फिल्मको विजनेसमा मुख्यतः प्रभाव मल्टिप्लेक्स हलको परेको छ । क्युएफएक्सले मात्रै फिल्मलाई १७ शो प्रदान गरेको छ ।  रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्