Logo

दाङ्गमा विषादी सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढ्दै



Spread the love

दाङ्गमा विषादी सेवन गर्नेको सङ्ख्यामा वृद्दी हुँदै गएको छ । पछिल्ला चार दिनमा मात्रै विषादी सेवन गरेर छर जनाले आत्महत्या गरेकाअ छन् ।

दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया छोरी दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भयो ।

त्यसै गरी पछिल्ला दिनहरूमा विषादी सेवन गरी आत्महत्या गर्नेहारुमा तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ वर्षीय मीनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५० वर्षीया बमकुमारी रोका र राजपुर गाउँपालिका–३ गंगदीकी २१ वर्षीया मिरा चौधरी रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्