Logo

प्रेमिल जोडीले गरे आत्महत्या



Spread the love

नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा :
-धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ
-ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् ।

थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो । जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो ।

केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्