Logo

जुम्लाका टुहुरा बालबालिकाले पाए शैक्षिक सामग्री



Spread the love

२४ साउन, जुम्ला l जुम्लाका २ हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त सामग्री आमाबाबाविहीन बालबालिकालाई लक्षित गरी गैरसरकारी संस्था किडार्क नेपाल जुम्लाले वितरण गरेको हो l

साविकको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिकाको गज्र्याङकोट, डिल्लीचौर, तातोपानी रकुडारीका टुहुरा बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् ।

टुहुरा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको सामाजिक परिचालक दीपकबहादुर शाहीले बताएका छन् । शैक्षिक सामग्री वितरण गरे पश्चात बालबालिका खुशी भई आफ्नो पढाइ स्तरमा सुधार ल्याउनका साथै बालबालिकाको पढाइ सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको शाहीले बताए ।

सो बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी अभिमुखी तालीम दिनुका साथै रु ५ लाख १४ हजार ८० बराबरको सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्