Logo

एउटा देश जहाँका पुरुष पनि हुने गर्छन् गर्भवती !



Spread the love

 

 

हाम्रो लागी महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नौलो कुरा होइन l हामीले त्यो दृश्य देखि नै रहेको हुन्छौं l तर पुरुष गर्भवती हुनु र बच्चा जन्माउने कुरा यो चाही हाम्रो लागी निकै नौलो र अनौठो कुरा रहेको छ l यस्तो घटना अस्ट्रेलियामा घटेको छ l

जहाँ २२ जना पुरुष सुत्केरी भएका छन् । अस्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्याङ्क अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती हुनका साथै बच्चा जन्माउन समेत सफल भइसकेका छन् l अस्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरू समलिंगी पुरुष रहेको पनि बताइएको छ ।

तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको सङ्ख्या २ सय २८ रहेको छ । उक्त देशमा पहिलो पटक सन् २००९ मा पुरुषले बच्चा जन्माएको घटना सार्वजनिक भएको थियो ।

 त्यस समय अस्ट्रेलियामा कतिपय मानिसहरू पुरुषले बच्चा जन्माउने विषयलाई लिएर विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो । तर अहिले मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् ।

प्राध्यापकका अनुसार समाजले अब लैङ्गिकताको विषयमा आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहरूलाई बच्चा जन्माउनमा कुनै समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस्