Logo

मलेसियाबाट फर्केका एक सल्यानी युवा गीत संगितमा जम्दै



Spread the love

सल्यानको दमाचौर साउनेपानीमा जन्मेका नबराज वली मलेसियाबाट फर्केको केही महिना मात्र बित्यो । उनी मलेसियाबाट फर्केलगत्तै गीतसंगितमा जम्न खोज्दै छन । हिजोमात्रै उनले संगित भरेको गीत ” गाउमै माया लाउछु ” बोलको गीत सार्बजानिक भएको छ ।
पूर्णकला बिसी र सितल बाबु केसीको सुमधुर स्वरमा सजिएको गीतलाई हिमा बिसी ओलीको शब्द सिर्जना रहेको छ । ब्राइट फ्युचर म्युजिक प्रालीले यस गीतलाई बजारमा ल्याएको छ ।
सानै देखी गीत संगीतमा रुची राख्ने वलीले आफ्नो गीत निकाल्ने सपना पुरा भएको बताए । गाउ छदा मेलापर्बहरुमा साथी भाइहरुसँग रमाइलोको लागि गीतहरु गाइने गर्थ्यो तर पछी यो गीत संगीतको नशा यसरी चढ्यो कि मलाई त कलाकार हुने र गीत निकाल्ने कुरामा एकाएक जोस चढ्यो । तर आर्थिक अभावका कारण निकाल्न सकेको थिइन । बिदेशी भुमीमा काम गरी कमाएको पैसा हालेर सपना पुरा भयो । आगामी दिनमा पनि स्रोताहरु मन पराएको खन्डमा अरुअरु नयाँ नयाँ स्वादका गीतहरु पस्कने छु । सल्यान दृष्‍टिकोण सँगको कुराकानीमा उनले बताए ।

प्रतिक्रिया दिनुहोस्