Logo

यसकारण हप्तामा एक दिन भोकै बसौं !



Spread the love

हामीलाई बानी परि सक्यो कि नियमित खाना खाने l यदि कुनै दिन पनि खाना खाएनौ भने हामी असजिलो वा अपूर्ण भएको महसुस गर्ने गर्दछौँ l तर के तपाईँलाई थाहा छ, हप्तामा एक दिन खाना नखानुका फाइदा ? यदि थाहा छैन भने हेर्नुहोस् हप्तामा १ दिन खाना नखानुका फाइदा :

मुटुलाई फाइदा
यदि तपाईँ मुटु रोगी हुनु हुन्छ भने हप्तामा एक दिन खाली पेट बस्ने गर्नुहोस् । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

पेटको रोगबाट छुटकारा
हामी कुनै न कुनै किसिमको पेटको रोगबाट ग्रस्त छौँ । खाना खान त लोभ गर्छौँ, तर पेटले सहँदैन । पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा
यदि तपाईँ हप्तामा १ दिन खाना खानु हुन्न भने यसले खास गरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्याउनका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

प्रतिक्रिया दिनुहोस्