Logo

बिरामी भेट्न जाँदा ध्यान दिनुहोस् यी कुरा



Spread the love

के तपाईँ बिरामी भेट्न जाँदै हुनु हुन्छ ? यदि हुनु हुन्छ भने याद राख्नुहोस् यी कुराहरू जसलाई अस्पतालमा बिरामी भेट्न जाँदा अपनाउने गर्नुपर्छ l

  • यदि तपाईँ क्यान्सर बिरामीलाई भेट्न जाँदै हुनुहुन्छ भने फलफुल र नपकाएको खानेकुरा लगेर जानु हुँदैन l
  • बिरामीलाई भेट्न जाँदा फुलको गुच्छा लगेर जानुको सट्टा पुस्तक, पत्रिका आदि लैजाँदा उचित हुन्छ । फुलको थुँगामा कीटाणुहरू रहन सक्ने हुँदा सङ्क्रमण फैलन सक्दछ ।
  • तपाईँ बिरामी भेट्न अस्पताल जानु भएको छ, कहिले पनि फोहोर जथाभाबी फाल्नु हुँदैन l किनकि फोहोरकै कारण पनि कतिपय रोग फैलिरहेको हुन्छ l
  • अस्पतालमा धेरै थरी रोगको उपचारका लागि मानिसहरू आउने हुँदा धेरै रोगको सङ्क्रमण हुनसक्छ । त्यसैले बिरामी भेट्न आउँदा सकेसम्म छोटो भेटघाट गर्नुपर्छ ।
  • बिरामी भेट्न गएका आफन्तहरू बिरामीको शय्यामा बस्नु हुँदैन । सरुवा रोगका लक्षणहरू नभए पनि कीटाणुहरू हाम्रो शरीरमा हुनसक्छन र ती बिरामीलाई सर्न सक्छन् ।
  • यदि तपाईँ बिरामी भेट्न जाँदै हुनु हुन्छ भने साबुन–पानीले राम्रोसँग हात धोएर वा ह्यान्डस्यानिटाइजरले हात सफा गरेर मात्र बिरामी भेट्न जानुहोस् l
  • रुघा खोकी, इन्फ्लुएन्जा, झाडापखाला, दादुरा जस्ता सरुवा रोग लगेका व्यक्तिहरू कहिले पनि बिरामी भेट्न जान हुँदैन ।

प्रतिक्रिया दिनुहोस्