Logo

आन्द्राभुँडी निस्किएका बालकको सफल शल्यक्रिया



Spread the love

२५ साउन, सप्तरी – दुर्घटनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको सफल शल्यक्रिया गरिएको छ । बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

घरको छतबाट चिप्लिएर आलम बाँसघारीमा खसेका थिए । डा राजीव मिश्रा, डा पारसमणि साह, डा शशाङ्क यादव, डा गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताए ।

प्रतिक्रिया दिनुहोस्