Logo

प्रिमियर लिगः लिभरपुलको शानदार सुरूवात



Spread the love

२५ साउन, काठमाडाैँ – प्रिमियर लिगको सुरूवाति खेलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित निकालेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विच सिटी विरूद्ध लिभरपुलले ४–१ गोलको शानदार जित निकालेको थियो ।

गत सिजनको उपविजेता लिभरपुल सुरूवात देखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । उता नर्विच पनि आक्रामक रूपमा प्रस्तुत भएता पनि कमजोर रक्षापंक्तिका कारण हार व्यहोर्न बाध्य भयो ।

लिभरपुलका लागि भर्जिल भान डाइक, डिभोक ओरीगि तथा मोहमद सलाहले १–१ गोल गर्दा एक गोल उपहार पायो । डिभोक ओरीगिको क्रसलाई क्लियर गर्ने क्रममा नर्विचका डिफेन्डर ग्रान्ट हन्लेलाई लाग्दै बल पोस्टमा पस्यो ।

त्यसै गरी नर्विचका लागि टिमु पुकीले १ गोल फर्काए ।

 

प्रतिक्रिया दिनुहोस्