Logo

भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु



Spread the love

२५ साउन, सुनसरी l सुनसरीको इटहरी १६ बालग्राममा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले गएराती पैदलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

बाटो क्रस गर्ने क्रममा अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए l

मृत्यु हुने पुरुषको अझै पहिचान खुलेको छैन । भ्यान चालक बराह क्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रविन दुलाललाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्