Logo

यस्ता छन् हप्तामा एक दिन भोकै बस्नुका फाइदै फाइदा



Spread the love

तपाईं केही न केही खाइरहुनुहुन्छ । दिनमा तीन, चार पटक खानुहुन्छ । भोक लाग्छ, पेट चर्कनेगरी खाइदिनुहुन्छ । खानेकुरामा तपाईं पछि हट्नुहुन्न । जे पाइन्छ, खाइदिनुहुन्छ । यस्तो हर्कतले गर्दा कहिल्यै हाम्रो पाचन यन्त्रले विश्राम पाएको छैन ।

हामी शरीरका लागि आवश्यकता अनुरुपका खानेकुरा पनि सेवन गरिरहेका हुँदैनौं । यही कारण हाम्रो पाचन यन्त्र क्रमस शिथिल हुँदै जान्छ ।

पाचन यन्त्र नै कमजोर भएसंगै शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । शरीरलाई आवश्यक पोषक तत्वको अभाव भएपश्चात नै हो हामीलाई रोगले जित्ने गर्छ । पाचन यन्त्रलाई बलियो राख्नका लागि हामीले खानपानमा केही नियम पालना गर्नैपर्छ ।

खानपान सम्बन्धी अनुशासनको कुरा गर्दा फास्टिङ पनि आउँछ । सही र सन्तुलित खाना खाएर मात्र पुग्दैन, बेलाबखत पाचन यन्त्रलाई विश्राम पनि दिनुपर्छ । खाली पेट बस्नुपर्छ ।

धार्मिक आस्थाको हिसाबले होस् वा स्वास्थ्यप्रति सर्तक भएर, उपवास बस्नु फाइदाजनक छ । भरपेट खानुमा मात्र फाइदा छैन, भोको पेट बस्नुमा पनि फाइदा छ :

हप्तामा एक दिन भोकै बस्नुको फाइदा
हप्तामा एक दिन भोकै बस्न सकिन्छ । एक दिन खाली पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ । जसले शरीर स्वस्थ्य हुन्छ ।

पेटको रोगबाट मुक्ति

हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन भोको बस्दा उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्नुका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्