Logo

बिजुलीको पोल ढल्दा एकको मृत्यु



Spread the love

२५ साउन, सप्तरी – सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोमा आज बिजुलीको पोल ढलेर सोही ठाउँका ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु भएको छ ।

मजदुर खोज्न मुसहरी टोल निस्किएका साह कुराकानी गरिरहेका बेला अचानक सिमेण्टले निर्मित बिजुलीको पोल ढल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पोल ढलेर टाउको तथा नाकमा गम्भीर चोट लागेको अवस्थामा साहलाई उपचारका लागि राजविराज ल्याइएको थियो । उपचारका क्रममा उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक झनकबहादुर अधिकारीले बताए ।

शवको राजविराजस्थित अस्पतालमा आजै परीक्षण भएको छ । डाकनेश्वरी नगरपालिका–३ तरही साविक घर भएका साह व्यापारका लागि परिवारसहित पातोमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्