Logo

स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित



Spread the love

 

२५ साउन, काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटिले सहज जीत हात पारेको छ । सिजन २०१९–२० सिजन अन्तर्गतको लिगको पहिलो खेलमा सिटिले वेस्ट ह्याम युनाइटेड विरूद्ध ५–० को सहज जित हात पारेको हो ।

सुरूवाति मिनेट दखि नै आक्रामक बनेको सिटीका लागि २५ औँ मिनेटमा ग्रावियल जेससले गोलको खाता खोले । जेससको गोलले सिटि पहिलो हाफमा १ गोलको अग्रतामा रह्यो ।

खेलको दोश्रो हाफको ५१ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटिको अग्रता दोब्बर पारे । त्यसै गरी ७५ मिनेटमा व्यक्तिगत दोश्रो गोल गरेका स्टर्लिङले खेलको ९० मिनेटमा तेश्रो गोल गर्दै ह्याट्रक पूरा गर्दा सिटि ५–० को अवस्थामा पुग्यो ।

सिटिका लागि अर्को १ गोल सर्जियो अगुएरोले पेनाल्टिमार्फत गरे ।

प्रतिक्रिया दिनुहोस्