Logo

एथ्लेटिको मड्रिडसँग हार्यो जुभेन्टस



Spread the love

२६ साउन, काठमाडाैँ – इटालियन च्याम्पियन जुभेन्टस स्पेनिस एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । हिजो भएको खेलमा जुभेन्टस एथ्लेटिकोसँग २–१ गोल अन्तरले पराजित भयो ।

खेलको २४ औँ मिनेटमा एथ्लेटिकोका लागि थोमस लेमारले सुरूवाति अग्रता दिलाएका थिए । तर, त्यसको ५ मिनेटपछि नै सामी खेडिराले गोल गर्दै जुभेन्टसलाई खेलमा फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ३३ मिनेटमा युवा स्ट्राइकर जोआवो फेलिक्सले गरेको गोल नै एथ्लेटिकोका लागि निर्णायक भयो । यसै सिजन एथ्लेटिको आएका फेलिक्सको यो एथ्लेटिकोको लागि चौथो गोल हो ।

प्रतिक्रिया दिनुहोस्