Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३९०
संक्रमित
६१,५९३
निको भएका
४३,८२०

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर



ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ ।

अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शानिबार र मङ्गलवार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेबापत १५ रुपैयाँ कर तोकिएको छ । भुईँमा समान विच्छ्याएर बेचेबापत पनि २० रुपैयाँ तोकिएको छ । डोकोमा फलफुल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ ।

नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ तोकेको छ । राँगाको मासु बेचेबापत प्रतिगोटा २ सय र सुँगुरको १५० रुपैयाँ कर लाग्नेछ । यो समाचार कारोबार दैनिकमा देवराज गुरुङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्