Logo

प्रदेश २ मा भोलि इदको सार्वजनिक बिदा



Spread the love

 

२६ साउन, जनकपुरधाम l प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । बकर इदको अवसरमा प्रदेशमा बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् । प्रदेश सरकारले दिएको बिदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुन्छ । केन्द्रमा तहतका कार्यालयमा बिदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्