Logo

कतै तपाईंमा पनि निद्रामा हिँड्ने समस्या त छैन ?



Spread the love

प्राय: व्यक्ति यस्ता हुन्छन्, जो मस्त निद्रामा पनि उठेर हिँड्छन् । निद्रामा यसरी उठेर हिँड्ने प्रवृत्ति भने दुर्लभ चाहि होइन । धेरैजसो व्यक्तिमा यस किसिमको समस्या हुन्छ ।

यो समस्या नै हो, किनभने निद्रामा हिँड्दा अरुसमस्या आइपर्न सक्छ । यस्ता समस्या झेल्नेहरु समाजमा प्रशस्तै भेटिन्छन् । हिँड्ने भन्दैमा राती निद्रामा पनि हिँड्नु भनेको चाहिँ स्वास्थ्य सम्बन्धी गम्भीर समस्या हो ।

कसलाई हुन्छ यो समस्या ?

एक तथ्यांक अनुसार दश प्रतिशत तीन देखि दश वर्षको उमेरका बालबालिकालाई कुनै न कुनै समयमा यो समस्या अवश्य हुने गर्छ । थकान, निद्राको कमी, चिन्ता तथा उच्च ज्वरोका कारण पनि यो समस्या हुने गर्छ ।

वयष्कहरुमा मदिराको अत्याधिक सेवन, विभिन्न औषधी, तथा निद्राको औषधीको सेवनका कारण पनि यो समस्या देखिने गर्छ । कसैकसैलाई भने वंशाणुगत कारणले पनि यो समस्या देखा पर्छ ।

निद्रामा हिँड्दाको लक्षण

निद्रामा हिँड्दा मानिसहरुले हिड्ने बाहेक पनि अन्य थुप्रै गतिविधि देखाउन सक्छन् । यसको प्रमुख लक्षणमा निद्राकै क्रममा ओछ्यानमा सामान्य तरिकाले बस्नु देखि दायाँबायाँ हेर्नु, कोठा वा घरबाहिर हिड्नु तथा गाडी चलाउनेसम्म पर्दछ ।

-विचलित हुन
-अरुले बोलाएमा वा जागृत गरेमा आक्रमक हुने
-अनुहारमा शुन्यत छाउने
-निद्रामा पनि आँखा खोल्ने
-व्यझिएको बेलामा निद्रामा गरेको कुनै पनि गतिविधि याद नहुुनु
-निद्रामा बरबराउनु तथा हिड्नु
-निद्रामा हिँड्नुको कारण

निद्रामा हिँड्ने समस्याबाट बच्नकै लागि खासै उपचार गरिदैन । यद्यपी, सुत्ने समयमा मदिराको सेवन नगरेर, अनिद्राको समस्यालाई कम गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्