Logo

पानीपुरी खादा स्वादिलो तर स्वस्थको हितमा हानिकारक !



Spread the love

पानीपुरीको नाम लिनसाथ तपाईंको मुख रसाउन थाल्छ । खासगरी युवतीहरु यो खान्कीमा लोभिएका छन् । तर ,आजकल त युवती सरह नै युवक पनि उत्तिकै पानी पुरी खान रुचाउँछन् ।

पानीपुरी स्टि्रट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । शहरका यस्ता चोक र गल्ली सायदै होलान्, जहाँ पानीपुरीको दोकान छैन । यद्यपी यो सबै वर्ग, लिंग र उमेरका उपभोक्ता लोभ्याउने सर्बप्रिय परिकार हो ।

स्वादिलो तर हानिकारक

हामीकहाँ पानीपुरी खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । के त्यसो त पानीपुरी अस्वस्थ्यकर खानेकुरा हो ? पक्कै होइन । पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले हाम्रो स्वास्थ्यलाई कुनै हानी गर्दैन । यद्यपी हामी बजारमा उपलब्ध पानीपुरी खान्छौं ।

त्यसमा पनि सडक किनारमा राखिएको । ति पानीपुरी बनाउने तौर-तरिका स्वस्थ्यकर छैनन् । हालै मात्र प्रकासित एक खबर अनुसार पानीपुरीको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्नसक्ने बताएको छ । पानीपुरीको अधिक सेवनले कलेजोलाई निकै हानि पुर्‍याउने गर्छ । पानीपुरीमा मिश्रण गरिएको कृतिम रंग र अखाद्य पदार्थ आन्द्राको लागि हानिकारक हुने बताइन्छ ।

पानीपुरी घरमै बनाएर स्वस्थ्यकर ढंगले सेवन गर्न सकिन्छ । यद्यपी बजारका पानीपुरी सेवन गर्दा स्वास्थ्यमा गंभीर असर गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्