Logo

जान्नुहोस् बैंकका कर्मचारीमा हुनै पर्ने गुणहरू



Spread the love

 

प्रत्येक स्थानमा काम गर्ने कर्मचारीहरूसँग असल गुण हुन् जरुरी छ l तर बैङ्कमा काम गर्ने कर्मचारीहरूसँग भने विशेष गुण हुन् अति आवश्यक पर्दछ l अन्य क्षेत्र भन्दा बढी लगाव चाहिने यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा निम्नलिखित गुणहरू हुनु आवश्यक पर्छ l

इमानदारिता
बैङ्कमा काम गर्ने कर्मचारीहरू इमानदार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरू बैङ्कको आर्थिक कारोबारहरूमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ ।

सर्तक तथा जागरूक
बैङ्कमा आर्थिक कारोबार हुने भएकोले त्यहाँका कर्मचारीहरू सदैव सर्तक भई काम गर्नुपर्ने हुन्छ । समाजको अराजक तत्वहरु ग्राहकको रूप धारण गरी बैङ्कमा आएर विभिन्न प्रकारको गर्न नहुने कामहरू गर्न सक्ने सम्भावना पनि उतिकै भएकोले बैङ्कको कर्मचारीहरू सर्तक तथा जागरूक हुनु पर्दछ ।

स्वतन्त्र
यदि तपाईँ बैङ्कमा काम गर्नु हुन्छ भने आफ्नो काम स्वयंले गर्ने बानी बसाल्नुपर्दछ l आफ्नो जिम्मेवारीको कामहरू गर्नको लागि अरू कर्मचारीको सहयोग लिने अवस्था नआएको नै राम्रो हुन्छ । तसर्थ, बैङ्कको कर्मचारीले आफ्नो काम गर्नको लागी अरूमा भर नपरिकन स्वतन्त्र भई काम गर्न सक्ने हुनुपर्दछ ।

नयाँ काम सिक्न तत्पर
बैङ्कमा काम गर्ने कर्मचारीहरू आफूलाई समयानुकुल परिष्कृत गर्नको लागि पनि केही न केही दैनिक रूपमा सिकिरहनु पर्ने हुन्छ । तसर्थ, कर्मचारीहरू सदैव नयाँ नयाँ कुराहरू सिक्नको लागि तत्पर रहनुपर्दछ ।

कुशल संचारकर्ता
बैङ्कमा काम गर्ने कर्मचारीहरूमा कुशल संचारकर्ता हुन् अति आवश्यक छ l कर्मचारीहरू ग्राहकहरूसँग निरन्तर संवाद गर्नुपर्ने हुन्छ । बैङ्कको कर्मचारीहरूले आर्थिक कारोबारहरूको सम्बन्धमा ग्राहकहरू नहिचकिचाई तथा झन्झट नमानिकन सञ्चार गरी रहनुपर्ने भएकोले यो गुण हुन् अति महत्त्वपूर्ण छ l

प्रतिक्रिया दिनुहोस्