Logo

मानिस किन दुब्लो हुन्छ ?



Spread the love

प्राय: मानिस कोही दुब्लो त कोही मोटा हुने गर्छ । यसलाई सामान्य मान्न सकिन्छ । मानिस दुब्लाउनुको पहिलो कारण खाना नै हो । खानामा पौष्टिक तत्वको कमी, अरुची, समयमा या लामो समयसम्म नखाने वा पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो र ख्याउटे बन्नसक्छ ।

विशेषगरी इनर्जी धेरै खर्च हुने र इनर्जी बचत कम हुने हुँदा व्यक्ति दुब्लाउँछ । त्यस्तै विभिन्न खाले रोग पनि दुब्लाउनुका कारणले लग्न सक्छ । यद्यपि बढी मोटो हुनु राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटोघाटो भने पक्कै हुनुपर्छ ।

त्यसैगरी श्वासप्रश्वासका बिरामी मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन् । इन्फेक्सन, क्षयरोग, एचआइभीरएड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक बन्छन् ।

क्यान्सरका बिरामीको पाचन शक्ति कम हुँदा अरुची पनि बढ्दै जान्छ । जसले गर्दा क्यान्सरका बिरामीहरू दुब्लाउँदै जान्छन् । त्यस्तै हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जान्छन् ।

बच्चा समयभन्दा पहिला नै जन्मेको छ भने पनि दुब्लो हुन्छ । यसको वृद्धि विकास राम्रोसँग हुन नपाउँदा बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन् ।

बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुनेगर्छन् । त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान दिनुपर्छ ।

यदि मानिस निरन्तर दुब्लाउँदै गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

१८० दिनमा १० प्रतिशत तौल कम भएको छ भने एकपटक चिकित्सकसँग परामर्श अवस्य लिनुपर्छ । किनकि खानाको अरुची या कुनै किसिमको रोगका कारणले हो, त्यसको निराकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्