Logo

अनौठो देश जहाँका किसान खेतबारीमा विषादी होइन रक्सीको प्रयोग गर्छन् !



Spread the love

 

 

किसानहरूले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि विभिन्न किसिमको मल वा जल लगाउने गरेको क्रियाकलाप त देखि नै आएको छौँ ।

तर कहिले तपाईँले यो दृश्य देख्नु भएको छ, जहाँ किसानहरूले आफ्नो बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेको ?

यस्तो घटना छिमेकी देश भारत हरियानामा घटेको छ । जहाँका किसानहरूले आफ्नो खेतबारीमा यस्तो अनौठो विधि अपनाउने गर्छन् । किसानहरूले भने अनुसार पानीमा रक्सी मिसाएर बारीमा छर्किनाले बालीनाली राम्रो भई उत्पादन पनि रामै हुने गर्दछ !

तर कृषि वैज्ञानिकहरूले भने सो विधिलाई किसानहरूको भ्रम भनी बालीनालीमा रक्सी छर्किनाले किटाणु नमर्ने उनीहरूको भनाई छ । उनीहरूले किसानहरूलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न पनि आग्रह गरेका छन् ।

 उक्त स्थानका किसानहरू भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधि अपनाउदैछन् ।

प्रतिक्रिया दिनुहोस्