Logo

खोलाले बगाएर एक बृदको मृत्यु



Spread the love

२७ साउन, उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा खोलाले बगाएर एक बृदको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलका नगरपालिका– १ आम्बासीका ६६ वर्षीय निवासी राजकुमार तामाङ रहेका छन् । उनलाई आइतबार दिउँसो स्थानीय काली खोलाले बगाएको थियो ।

खोलाले बगाए पश्चात् भागलपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काली खोलाको दोभानमा तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्