Logo

गर्मी संग-संगै मनसुनको मौसममा कस्तो फेसन गर्ने त ?



Spread the love

फेसन पारखीहरु हरेक मौसममा उनीहरु आफूलाई फेसनेवल राख्न तत्पर रहन्छन् । अहिले गर्मी संग-संगै मनसुनको मौसम भएको हुनाले हरेक दिनजसो पानी परिरहेको छ । यो मौसममा कस्तो फेसन गर्ने त ?

यसपटकको गर्मी मौसममा लाइट रंग भन्दा पनि ब्राइट कलर का पहिरनहरु बढी फेसनमा छन् । गर्मीमा हल्काफूल्का रंगभन्दा गाढा रंगका पहिरन लगाउँदा तपाईं भिडभाडमा समेत अलग देखिन सक्नु हुनेछ ।

तपाईं पनि अफिस जाँदा अथवा पार्टी जाँदा अथवा परिवारसंगै राती डिनरकै लागि जाँदा समेत यो मौसममा ब्राइट कलरका पहिरन लगाउनु भयो भने सबैको नजर तपाईंमा पर्न सक्छ ।

चर्को गर्मीमा जसरी उज्यालो कलरका साथै गाढा रातो, गाढा पहेंलो तथा रोयल ब्लू रंगलाई सबैले आफ्नो रोजाइ बनाइरहेका छन् । बजारमा अहिले फूल वन कलर सूट, कुर्ता तथा रोयल ब्लू साडी पनि फेसनमा छन् । तपाईं पनि आफ्नो रोजाइका पहिरन लगाएर फेसनेवल देखिन सक्नु हुनेछ ।

रोयल ब्लू : यदि तपाईं आफ्नो आउटफिटलाई बेग्लै स्वरुप प्रदान गर्न चाहानु हुन्छ भने त्यसमा थोरै प्रयोग गर्न सक्नु हुनेछ । नीलो रंगको सलवार-सूटमा पनि त्यही रंगको सिक्वेन्स वर्क गराउन सक्नु हुनेछ । रोयल ब्लूसंग अहिलेको मौसममा सिल्भर प्रिन्टको पनि ट्रेण्ड छ । कुनै सामान्य रोयल ब्लू पहिरनलाई पार्टी वेयर बनाउनका लागि त्यसमाथि सिल्भर एम्ब्रोइडरी गर्नु उचित हुन्छ ।

गाढा पहेंलो रंग : मनसुनको सिजनमा पहेंलो रंगका पहिरनमा जो कोहि ग्ल्यामरस देखिन्छ । वसन्ती पहेंलो रंग यतिबेला फेसन उद्योगको टप लिस्टमा छ ।पार्टी तथा कुनै खास समारोहका लागि पहेंलो रंगमा गरिएको जरी वर्कले पहिरनलाई अझ बढि आकर्षक देखाउँछ ।यदि तपाईं दुब्ली-पातली हुनुहुन्छ भने पहेंलो रंगका पहिरन लगाएर फेसनेवल देखिन सक्नु हुनेछ ।

गाढा रातो रंग : गर्मीको यो मौसममा लागि उपयुक्त हुने अर्को एउटा रंग छ-रातो । खुशी र उत्साहले भरिएको यो रंग मुख्यतयाः जाडो मौसमका लागि अनूकुल मानिन्छन् । यसपटक हट रेड पहिरनहरु बजारमा यत्रपत्र पाइन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्