Logo

‘कार्टुन्ज क्रु’को नयाँ गीत रिलिज (भिडियो)



Spread the love

अहिलेको एकदमै चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुको नयाँ गीत रिलिज भएको छ।सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस-सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो।
शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ । गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ ।संजय लामाले खिचेको उक्त भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ ।गीतको भिडियोलाई कार्टुन्ज क्रु कै सरोज अधिकारीले निर्देशन गरेका छन्। भिडियोमा सरोज, आश्मा र सुविनको कोरियोग्राफी छ।

हेर्नुहोस् भिडियो: 

https://youtu.be/qI-Z6DiTPNI

प्रतिक्रिया दिनुहोस्