Logo

हातहतियार मुद्दाका फरार पक्राउ



Spread the love

२७ साउन, सिरहा – प्रहरीले सिरहाका छुट्टाछुट्टै स्थानबाट आज हातहातियार मुद्दामा फरार तथा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले हातहतियार मुद्दामा फरार सिरहा नगरपालिका २२ हकपारा निवासी ३३ वर्षीय दिनेशकुमार यादवलाई पक्राउ गरेको हो ।

आफ्नै वरिपरि लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । यस्तै भारतबाट प्रतिबन्धित लागुऔषध ल्याइरहेको अवस्थामा प्रहरीले नवराजपुर गाउँपालिका–५ देवनगरबाट लागुऔषधसहित लहान नगरपालिका–२० निवासी २४ वर्षीय देवनारायण ठाकुर र सोही नगरपालिका–२ निवासी २८ वर्षीय कृष्ण यादवलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी देवनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प २१०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा डाईलेक्स डिसि २५ थान र मेट्रोजन पम १५ टेवलेट लागुऔषधसहित मोटरसाइकलमा सवार दुवैलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

त्यस्तै प्रहरीले सिरहा–१९ सन्हैठा नहरचौकबाट भन्सार छलेर ल्याइएका ३७ राँगासहित एक जनालाई आज पक्राउ गरेको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ भन्सार चोरी पैठारी गरेर ल्याइरहेको अवस्थामा राँगासहित औरही गाउँपालिका–२ तुलसियाही निवासी ५० वर्षीय रामदेव यादवलाई पक्राउ गरेको हो । पक्राउ परेको राँगा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्