Logo

एलिसन केही खेलमा अनुपस्थित रहने



Spread the love

२८ साउन, काठमाडाैँ – इंग्लिस क्लब लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन बेकर केही खेलमा अनुपस्थित हुने भएका छन् । प्रिमियर लिगको पहिलो खेल अन्तर्गत नर्विच सिटीको  खेलमा चोट बोकेका एलिसन केही हप्ता मैदान बाहिर रहने भएका हुन् ।

एलिसन नर्विच सिटीसँगको खेलको पहिलो हाफमै उनि चोट बोक्दै बाहिरिएका थिए । सो खेलमा लिभरपुलले ४–१ को शानदार जित निकालेको थियो ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जनाए अनुसार अब एलिसनले चेल्सीविरूद्ध हुने युरोपियन सुपरकपको खेल गुमाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्