Logo

प्रशिक्षकलाई पदोन्नतिको अवसर



Spread the love

२८ साउन, काठमाडाैँ – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ(एनआइटिएफ)ले २२औँ वार्षिकोत्सवको अवसरमा १९ प्रशिक्षक र खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नतीको अवसर प्रदान गरेको छ ।

आइटिएफले पहिलोदेखि पाँचौँ डानमा उनीहरुलाई पदोन्नतिको अवसर प्रदान गरेको हो । लगनखेलस्थित नेपाली सेनाको तालीम तथा प्रशिक्षण केन्द्रमा सोमबार आयोजित कार्यक्रममा चौथो डानमा १३ खेलाडी र पाँचौँ डानमा छ खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो । उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्डमास्टर (नवौँ डान) कोरियाली जो चोल होले ग्रेडिङ लिएको एनआइटिएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

बेल्ट पदोन्नतिका १९ खेलाडी करीब एक महीनादेखि प्रशिक्षणका क्रममा रहेका थिए । पाँचौँ डानको परीक्षा दिनेमा महासङ्घका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष वासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन् । यस्तै हनक लिम्बु, रोशन आचार्य, बबिता राजथला, मानबहादुर घर्तिमगर, शर्मिला महत, रूपसिंह मोक्तान, कुमार थापा, रितमान कामु, आकाशचन्द्र घर्तिमगर, चन्द्रबहादुर तामाङ, लिलाधर बस्नेत, धर्मराज कँडेल र गजेन्द्रकुमार थापाले अन्तर्राष्ट्रिय चौथो डानको परीक्षा दिएका थिए । अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्