Logo

अब परीक्षाका मुखमा भर्ना हुने प्रवृत्ति अन्त्य हुनेछ : डिन डा. भुसाल



Spread the love

२८ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयले तिन वर्षे मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई चार वर्षे बनाएको छ ।

चार वर्षे बनाउने निर्णय त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले गरेको हो । ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ ।

त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चार वर्षे भइसकेका थिए । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा शिवलाल भुसालले अन्तर्राष्ट्रिय स्तरमा समय सापेक्ष बनाउन चार वर्षे पाठ्यक्रम बनाइएको जानकारी दिए ।

उनका अनुसार अब बीएमा दुई हजार पूर्णाङ्क हुनेछ । यसअघि एक हजार पाँच सय पूर्णाङ्क थियो । डिन डा. भुसालले ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने जानकारी दिँदै भने, “आन्तरिक मूल्याङ्कन पनि आवश्यक पर्ने भएकाले अब परीक्षाका मुखमा भर्ना हुने प्रवृत्ति अन्त्य हुने छ । ”

प्रतिक्रिया दिनुहोस्