Logo

गृहमन्त्री थापाको अभिव्यक्ति प्रति सांसद कँडेलको आपत्ति



Spread the love

२८ साउन, काठमाडौँ l गृहमन्त्री राम बहादुर थापाको ‘निर्मला प्रकरण यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्ने अभिव्यक्ति प्रति प्रमुख विपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

आज संसद्को विशेष समयमा बोल्दै काँग्रेस सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री थापाको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । गृहमन्त्री थापाले गएको सात गते सार्वजनिक रूपमा निर्मला प्रकरण हिजो पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ भनेका थिए ।

सांसद कँडेलले अभिव्यक्ति फिर्ता लिन गृहमन्त्रीसँग माग गरे । उनले भने, ‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईँको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो ? त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ।’

सांसद कँडेलले निर्मला प्रकरण नमिता–सुनिता काण्ड जस्तै भएको भन्दै त्यस बेला श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले घटना घटाएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्