Logo

प्रधानमन्त्री ओलीलाई नजिक हेर्ने चस्मा उपलब्ध गराओँ : सांसद सिंह



Spread the love

२८ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले बताएका छन् ।

नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे संसद्को विशेष समयमा ध्यानाकर्षण गराएका सांसद सिंहले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको सम्झिए ।

उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चस्मा उपलब्ध गराऊँ । किनकि जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छ । उनीहरूमाथि कारबाही हुनुपर्छ ।’

सांसद सिंहले भ्रष्टाचारको आरोप लागेका साना कर्मचारीले आत्महत्या गरेको उल्लेख गर्दै २०६३ सालपछि ठुलो कर्मचारी र नेताले भ्रष्टाचार नै गरेका छैनन् भन्ने प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्